गृहपृष्ठ ∕ समाचार ∕ सुवास नेम्वाङको मुन्धुम परम्परा अनुसार अन्त्येष्टि गरिँदै सुवास नेम्वाङको मुन्धुम परम्परा अनुसार अन्त्येष्टि गरिँदै दीप संञ्चार भदौ २८, २०८० गते ९:४९ मा प्रकाशित संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज दाह संस्कार गरिने भएको छ ।पार्टी मुख्यालयवाट हिजो पार्थीव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्परावाट अन्तिम धार्मिक संस्कार सकाए पछि आजै अपरान्ह १२ बजे अन्तिम संस्कार गरिन लागिएको हो ।गत मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थीव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मंगलबार देखी राखिएको थियो । र, हिजो पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।मंगलबार दिउँसो भने पार्टी कार्यालय, च्यासल ललितपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका शीर्षनेता, कार्यकर्ता, शुभेच्छुकहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेकाा थिए ।नेम्वाङको अन्त्येष्टि बिहीबार पुशपति आर्यघाटमा गर्ने कार्यक्रम छ भने सोही दिन सरकारले नेम्वाङको सम्मानमा सार्वजनिक बिदा दिने भएको छ । उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरककारले निर्णय गरेको छ । क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल