गृहपृष्ठ ∕ समाचार ∕ फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने एक जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने एक जना पक्राउ दीप संञ्चार भदौ २५, २०८० गते ६:३७ मा प्रकाशित फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई अहिले काठमाण्डौको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।गुरुङले रानाभाटलाई फ्रान्समा होटलमा काम लगाइदिने र महिनाको एक लाख रुपैयाँभन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारेका थिए। गुरुङले फ्रान्स जान १७ लाख रुपैयाँ लाग्ने भन्दै पीडितबाट पटक पटक गरेर १४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएका गुरुङलाई आज आइतवार सुकेधाराबाट पक्राउ गरेको हो।पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाइ छ।क्याटेगोरी : समाचार, समाजट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल