Techie IT
×
गृहपृष्ठसमाचार६० किलो सुन प्रकरण : भन्सार अधिकृतसहित थप ३ जना पक्राउ

६० किलो सुन प्रकरण : भन्सार अधिकृतसहित थप ३ जना पक्राउ


गत महिना बरामद गरिएको ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार यसरी थप पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्धय कमल परियार र वीरेन्द्र नेपाली रहेका छन ।

सो ६० केजी सुन तस्करी पक्राउ प्रकरणमा उनीहरूको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको जनाईएको छ । यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #१०० किलो सुन प्रकरण, #breaking

तपाईको प्रतिक्रिया दिनुहोस