गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली रक्तदाता संघ कतारको आयोजनामा “जीवन सुख:निरोग सुख”बिषेयक प्रशिक्षण कार्यक्रम सप्पन्न नेपाली रक्तदाता संघ कतारको आयोजनामा “जीवन सुख:निरोग सुख”बिषेयक प्रशिक्षण कार्यक्रम सप्पन्न शारदा भुजेल भदौ २३, २०८० गते १७:१५ मा प्रकाशित दोहा – नेपाली रक्तदाता संघ कतारले “जीवन सुख:निरोग सुख; जीवन तनाव व्यवस्थापन, जीवनशैली र स्वस्थ आहार; आनन्दमय जीवन पद्धतिका प्रमुख आधार” बिषेयक प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ ।संघले योग एवं आहार विशेषज्ञ तथा वरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको सहजीकरणमा प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको हो।नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजि खत्रीको सभापतित्व तथा वरिष्ठ उत्प्रेरक डाक्टर राजु अधिकारीको प्रमुख आतिथ्यता साथै गैरआवासीय नेपाली संघका अध्यक्ष रविना थापा र अन्तर्राष्ट्रिय रक्तदाता संघका सचीव तेज कटुवालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।मानवीय र परोपकारी कोषको श्रीवृद्धिको सहयोगार्थ नज्मा स्थित सालिमार इस्तानबुल रेस्टुरेन्टमा भएको कार्यक्रममा डाक्टर अधिकारीले शारीरिक र मानसिक स्वास्थ्य साथै जीवनशैली र दैनिक जिबनमा ग्रहण गर्ने भोजनका बारेमा जीवन उपयोगी ज्ञानका बारेमा जानकारी दिएका थिए।कार्यक्रममा कतारमा स्थापित संघ संस्था प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियान्ता, पत्रकार, साथै कतारबासी दाजुभाइ तथा दिदीबहिनी गरि कार्यक्रममा उल्लेखनीय उपस्थित रहेको थियो।कार्यक्रमको समापन गर्दै अध्यक्ष खत्रीले कार्यक्रममा उत्साहजनक उपस्थिति जनाउने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै संघले मानवीय कार्यमा निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरे नेपाली रक्तदाता संघ कतारका सह कोषाध्यक्ष सबित्रा शर्माको स्वागत मन्तव्य बाट शुरूवात भएको कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गणेश ढकालले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण सारदा भुजेलले गरेकी थिईन।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने