गृहपृष्ठ ∕ समाचार ∕ मातृभूमिको माटो नबेच्न एनआरएनए अध्यक्ष कुल आचार्यको अपिल (भिडियो सहित) मातृभूमिको माटो नबेच्न एनआरएनए अध्यक्ष कुल आचार्यको अपिल (भिडियो सहित) दीप संञ्चार भदौ १७, २०८० गते १८:३६ मा प्रकाशित गैर आवासीय नेपाली संघ(एनआरएनए)का केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपालीहरुलाई नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न अपिल गरेका छन ।गत साता बेलायतको केम्प्टन पार्क रेसकोर्समा हजारौं नेपालीहरुको उपस्थितिमा तमु धीं युकेद्वारा आयोजित भव्य नेपाली मेलालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले गैर आवासीय नेपाली नागरिकता छिट्टै कार्यान्वयनमा ल्याउने तयारी भै रहेकोले नेपालमा रहेको आफ्नो सम्पत्तिको बारेमा ढुक्क हुन आग्रह गरे ।“यही अक्टोबर महिना भित्रै गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउंछ ।अब डराउनु पर्ने अवस्था छैन। संविधानले नै हाम्रो सम्पत्तिको अधिकार प्रत्याभूत गरेको छ। त्यसैले हामी जन्मिएको भूमिको माटो बेचेर विदेशमा पैसा नल्याइ दिनुहोला,” उनले भावुक हुँदै भने।उनले सहमतिको आधारमा चुनिएको गैर आवासीय नेपाली संघको नयाँ टिमले काम थाले यता गैर आवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा, नेपालमा गर्ने लगानीको क्षेत्रमा प्रगति भएको बताए।गैर आवासीय नेपालीहरुलाई सहज हुने गरी जति सक्दो छिटो गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न शुरु गर्न पनि आफुले नेपाल सरकारसंग व्यक्तिगत र संस्थागत रुपमा पहल गर्दै आएको उनले बताए।त्यस्तै केही समय यता सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने कुराहरु देखिएक भन्दै सजग हुन पनि उनले आग्रह गरे। “हामीले बनाएको सद्भाव, हाम्रो कर्मको मूल्यांकन गर्ने जिम्मा तपाईंहरुको हो, संसारभरिका नेपालीहरुको हो,” उनले भने।नेपालको संसदको दुवै सदनबाट दुइ, दुइ पटक पारित भएको नागरिकता संशोधन विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पछि उक्त विधेयक ऐन बनेको छ। सोही कानूनको अधीनमा रही नियमावली तयार भै सकेको र अब छिट्टै लागू हुने गृह मन्त्रालयले जनाएको छ।https://www.deepsanchar.com/wp-content/uploads/2023/09/WhatsApp-Video-2023-09-03-at-01.43.36.mp4क्याटेगोरी : समाचारट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट