गृहपृष्ठ ∕ समाचार ∕ सिनामंगलबाट बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम सिनामंगलबाट बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम दीप संञ्चार साउन ३०, २०८० गते १६:०७ मा प्रकाशित मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राजस्व अनुसन्धान विभाग, केन्द्री अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्र बैंकका अधिकारीको रोहबरमा गालिएपछि जोखिएको सुन ६० केजी ७१६ ग्राम रहेको पाइएको हो । जसलाई ३४ वटा बिस्कुट बनाइएको छ । गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो ।राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो। त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीलाई दिएको थियो। उक्त घटनामा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ।क्याटेगोरी : समाचारट्याग : #१०० किलो सुन प्रकरण, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ