गृहपृष्ठ ∕ समाचार ∕ लमजुङ जिप दुर्घटनाका १० घाइतेलाई उपचारका लागि चितवन पठाइयो लमजुङ जिप दुर्घटनाका १० घाइतेलाई उपचारका लागि चितवन पठाइयो दीप संञ्चार साउन २७, २०८० गते १९:१३ मा प्रकाशित लमजुङको राइनासमा जिप दुर्घटना हुँदा घाइते भएका १० जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ।राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा ग१ज ६३६९ नम्बरको यात्रुवाहक जिप शनिबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएकोमा १० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित एलाइभ हस्पिटलमा पठाइएको छ।घाइतेमध्ये दुई जनाको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर चालक सुन्दरबजार नगरपालिका-९, बगैंचाका ३० वर्षीय पुरन गुरुङ र भानु नगरपालिका-८, तनहुँका २९ वर्षीया शान्ति तामाङको बायाँ हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।राइनास नगरपालिका-९, बगुवाका ३७ वर्षीय झलक गुरुङ, भानु नगरपालिका-८ का ४९ वर्षीय शक्ति भन्ने सत्यबहादुर तामाङ, दूधपोखरी गाउँपालिका-४ घर भई हाल सुन्दरबजार नगरपालिका-७ साकाहलेका ६७ वर्षीय सन्तबहादुर तामाङ, सुन्दरबजार नगरपालिका-९, फेदीकुनाका ५० वर्षीय धनश्री तामाङ, भरतपुर महानगरपालिका-२, क्षेत्रपुरका ४० वर्षीय पञ्चमाया लामा, सुन्दरबजार नगरपालिका(९, फूलबारीका ३८ वर्षीय लालमाया तामाङ, फेदीकुनाका ४२ वर्षीय सुमन गुरुङ र भानु नगरपालिका-८ का ४५ वर्षीय मुना लामा रहेका छन्। तामाङ र लामा समुदायकाहरू अर्घुंममा गएर फर्किका रहेको प्रहरीले जनाएको छ।क्याटेगोरी : समाचार, समाजट्याग : #दुर्घटना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट