Techie IT
×
गृहपृष्ठसमाचारराष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)


संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेमा बस्नेछ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अुनसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

यस्तै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे पनि जानकारी गराइनेछ ।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रियसभा

तपाईको प्रतिक्रिया दिनुहोस