गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल व्यवसायी संघ द्वारा नियोग उप-प्रमुख खनालको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न नेपाल व्यवसायी संघ द्वारा नियोग उप-प्रमुख खनालको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न दीप संञ्चार चैत्र २६, २०७९ गते १४:३९ मा प्रकाशित दोहा – नेपाल व्यवसायी संघ कतारले कतार स्थित नेपाली नियोगका उप-प्रमुख लक्ष्मण खानालको बिदाइ तथा सम्मान कार्यक्रममा शनिबार दोहामा सम्पन्न गरेको छ । संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईको सभापतित्व एवं नियोग प्रमुख महामहिम राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो कार्यकाल सकिन केही महिना बाँकी रहे पनि उप-सचीवमा बढुवा भई स्वदेश फिर्ता हुन लागेका उप-प्रमुख खनाललाई मायाको चिनो, सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो। संघका उपाध्यक्ष आरके शर्माको स्वागत मन्तव्यबाट शुरूवात भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ठ अतिथि तथा उप-प्रमुख खनालले आफ्नो कार्यकाल भर संघसंग भएका सहकार्यहरू अविस्मरणीय एवं उपलब्धि मुलुक भएको जानकारी गराउँदै आफू नेपाल सरकारकै एक उप-सचीव भई निरन्तर सेवामा रहने हुँदा आगामी दिनमा समेत संघसंग प्रत्यक्ष अथवा अप्रत्यक्ष सहकार्य हुनेमा विश्वास व्यक्त गर्दै त्यसकालागि आफूँ प्रतिद्ध रहेको जानकारी दिए ।संघका उपाध्यक्ष द्वय नरेन्द्र भाट र राज रेग्मीको शुभकामना मन्तव्य तथा संघका महासचिव रमेश भट्टले सहजीकरण गरेको कार्यक्रम विशेष रात्रि भोज सहित समापन भएको थियो । क्याटेगोरी : ग्लोबल, गल्फ, समाचारट्याग : #breaking, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल