एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का सोसियल अवार्डबाट सम्मानित
कम्बोडिया । बिगत २३ बर्षदेखी कम्बोडियामा बसी सामाजिक कार्य र ब्यावसाय गर्दै आएका एनआएनए कम्बोडियाका अध्यक्ष लाल सिंह खड्का मलेसियाको क्वालालम्पुरमा आयोजित चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रमबाट सम्मानित भएका छन ।
बागलुङ जिल्लाको गलकोटमा जन्मेका लालसिंह खड्का गाउँघरका अधिकांश युवाहरु विदेश जान थालेपछी बिदेश मोहले छोई बिगत २३ बर्षअघी कम्बोडिया पुगेका थिए । कम्बोडिया पुगेका खड्काले सन २००१ देखि रेस्टुराँ व्यवसायलगाएत बिभिन्न ब्यावसाय संचालन गरिरहेका छन ।
एनआएनए कम्बोडियाका अध्यक्ष खड्कालाई क्रीयटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले उक्त विधामा विगत २ दशक देखी सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो ।
उक्त कार्यक्रममा सम्मानित भएका खड्कालाई कार्यक्रमका प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले यो अवार्ड प्रदान गरेका थिए ।
तर उक्त अवार्डका लागी मलेसिया जान नपाएका खड्कालाई शुक्रवार कम्बोडियामा आयोजित एक कार्यक्रममा जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगाले र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञान प्रसाद पौडेलको हातबाट उक्त अवार्ड र सम्मानपत्र बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा मलेसियामा रहेका दर्जनौ संघ सँस्था हरुको प्रतिनिधित्व रहेको थियो भने नेपाल,युएई,कम्बोडियालगाएतका देशबाट समेत अतिथीहरुको उपस्थिति रहेको थियो । हाल
खड्काले कम्बोडियालगाएत नेपालका विभिन्न क्षेत्रमा ब्यावसाय संचालन गरिरहेका छन । खड्काले ब्यावसायसँगै सामाजिक क्षेत्रमा योगदान पुर्याउदै र समस्या परेका नेपाली हरुलाई सकेको सेवा गर्दै बिगत धेरै बर्षदेखी सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेका छन ।
सामाजिक क्षेत्रहरुमा खड्काले गरेको योगदानको उच्च मूल्यांकन गदै यो सम्मान बितरण गरिएको आयोजक सँस्थाले जनाएको छ । उक्त सम्मान पाएपछी खुशी ब्यक्त गर्दै खड्काले आफुले निस्वार्थ रुपमा गरेको सामाजिक कार्यको मूल्यांकन गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो अवार्डपछि अझै थप कार्य गर्ने उत्साह थपिएको र थप सामाजिक क्षेत्रमा कृयाशिल रहने बताए ।
खड्काले नेपालले रोजगारीका लागि कम्बोडिया खुला नगरेको जनाउदै यहाँ नेपालको पर्यटनका बारेमा प्रचारप्रसार गर्न सके नेपाल भ्रमण गर्ने कम्बोडियाली नागरिकको संख्या बढाउन सकिने बताए ।
उक्त सम्मान कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान,रमेश दुलाल’कागे’,भ्वाइस अफ किड्सको बिजेता जेनिस उप्रेतीलगाएतका कलाकारहरुको भव्य प्रस्तुतिका साथ मनोरन्जनात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो । उक्त कार्यक्रमबाट खड्कालगाएत सामाजिक कार्यमा लागेका ब्यक्तिहरु सम्मानीत भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #NRNA
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
तपाईको प्रतिक्रिया दिनुहोस