गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पूर्व गोर्खाका छोरा किरण बेलायतमा बेपत्ता,खोजी गरिदिन एनआरएनए युकेलाई परिवारको अपिल पूर्व गोर्खाका छोरा किरण बेलायतमा बेपत्ता,खोजी गरिदिन एनआरएनए युकेलाई परिवारको अपिल दीप संञ्चार पुस ७, २०७९ गते १८:१८ मा प्रकाशित भूतपूर्व ब्रिटिश गोर्खाका एकमात्र छोरा किरण पुन तीन सातादेखि सम्पर्कमा नआएपछि उनको परिवारले खोजी गरिदिन अपिल गरेको छ ।बेलायतको एम्सबरी घर भएका ३६ वर्षीय किरण गत १ डिसेम्बर बिहीबारदेखि बेपत्ता भएका हुन् ।दुध फ्रयाक्ट्रीमा काम गर्ने उनी त्यही दिनदेखि तीन दिन बिदामा थिए । काममा बिदा भएपछि उनले आफ्नो बाबु भूतपूर्व गोर्खा तीर्थबहादुर पुनलाई एण्डोभर ट्रेन स्टेसनसम्म छोडिदिन भनेका थिए । बाबु छोरा निस्किएपछि बुबाले बाटोमा इन्धन हाल्न कार रोके । छोराले फूल टयांक इन्धन हालेको पैसा पनि तिरिदिएका थिए ।छोरालाई स्टेशन छाडेर बाबु फर्किए तर छोरा त्यसदिनदेखि बेखवर छन् । उनको फोन ‘स्वीच अफ’ छ ।सेल्सबरी प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले किरण फार्नबोरो ट्रेन स्टेसन ९मेन० मा झरेको देखे पनि थप जानकारी पाएको छैन् ।प्रहरीले घट्नालाई ‘हाइ रिस्क’ मा राखेर प्राथमिकताका साथ खोजिरहेको पारिवारिक श्रोतको भनाइ छ । पुन बेपत्ता भएपछि परिवार एकदम चिन्तित छ ।एनआरएनए यूकेले आफ्ना पञ्जीकृत सदस्य किरण पुनको खोजी गरिदिन सबैमा आव्हान गरेको छ ।पुनको परिवार र प्रहरीको आग्रह बमोजिम एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उनको जीवन रक्षा र खोजी गरिदिन बेलायती समुदायमा अपिल गरेका हुन् । उनीबारे केही जानकारी भए स्थानीय प्रहरी, आफू र परिवारजनलाई सम्पर्क गरिदिन गाहामगरको आग्रह छ ।पोखरा स्थायी घर भएका किरण कला क्षेत्रमा समेत रुची राख्थे ।सम्पर्क विवरणःएनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर- 07833507666बहिनी देवी पुन- 07846445488क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, ग्लोबल, बेलायत, समाचारट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ