गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण दीप संञ्चार कात्तिक २९, २०७९ गते १४:५३ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको छ ।जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्पपीडितलाई साढे तीन लाख रूपैयाँबराबरको राहत सामग्री सहयोग गरिएको संघकी कार्यकारी अध्यक्ष रविना थापाले जानकारी दिइन् । संघले उद्योग वाणिज्य सघहरूसँगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्र्रदेश महासचिवलाई राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सामग्रीमा खाद्यान्न तथा लत्ताकपडा रहेका छन् । यसले भूकम्पबाट पीडितहरूलाई तत्कालै सानो भए पनि राहत मिल्ने थापाले बताइन् ।गत कात्तिक २२ गते मंगलबार दिपायल केन्द्रविन्दु भएर आएको ५।७ म्याग्निच्युटको भूकम्पले घर भत्किँदा डोटीमा छ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । एनआरएनएले २०७२ सालको भूकम्पमा पनि गोर्खालगायतका विभिन्न जिल्लामा ठूलो सहयोग गरेको थियो ।एनआरएनएको सहयोगमा डोटीमा तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामग्री वितरण गरिएको र यसले भूकम्पपीडितहरलाई ठूलो राहत मिलेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताए ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #NRNA, #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट