भारतलाई पराजित गर्दै आइसिसी टि-२० विश्वकप २०२२ को फाइनलमा ग्ल्याण्ड
ओपनर एलेक्स हेल्स र कप्तान तथा ओपनर जोस बटलरको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।
एडिलेड ओभलमा भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा विना विकेट पुरा गर्यो । इंग्ल्याण्डको जितमा दुवै ओपनरले आक्रामक ब्याटिङ गरे । हेल्सले ४७ बलमा ४ चौका र ७ छक्काको मद्धतमा ८६ रनको योगदान गरे । बटलरले ४९ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ८० रनको उत्कृष्ट अर्धशतकिय पारी खेले ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए ।
विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए ।
कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट लिए ।
अब इंग्ल्याण्डले आइतबार फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट, #क्रिकेट
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
 - २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
 - ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
 - ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
 - ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
 - ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
 - ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
 - ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
 
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
 - कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
 - एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
 - ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
 - नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
 - गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
 - एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
 - एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
 
तपाईको प्रतिक्रिया दिनुहोस