गृहपृष्ठ ∕ समाचार ∕ थुनामा राखिएका कैदीलाई आदान प्रदान गर्ने बारेमा अमेरिकी तथा रुसी विदेश मन्त्रीबीच कुराकानी थुनामा राखिएका कैदीलाई आदान प्रदान गर्ने बारेमा अमेरिकी तथा रुसी विदेश मन्त्रीबीच कुराकानी दीप संञ्चार साउन १४, २०७९ गते १८:५२ मा प्रकाशित अमेरिका र रुसका कारागारमा हिरासत र थुनामा राखिएका कैदीहरुलाई आदान प्रदान गर्ने बारेमा अमेरिकी तथा रुसी विदेश मन्त्रीबीच कुराकानी भएको छ ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुरा गरेको बताए ।ब्लिन्केनले हिरासतमा रहेका अमेरिकीहरू ब्रिटनी ग्रिनर र पल व्हेलनलाई रिहा गर्न अमेरिकाले राखेको “महत्वपूर्ण प्रस्ताव” स्वीकार गर्न उनले लाभरोभलाई दबाब दिएको बताए।यो युद्ध सुरु भएयता दुई नेताबीच पहिलो पटक कुराकानी भएको हो ।ब्लिन्केनले यसलाई “एक स्पष्ट र प्रत्यक्ष कुराकानी” भएको बताए ।“मैले क्रेमलिनलाई पल व्हेलन र ब्रिटनी ग्रिनरको रिहाइको लागि राखेको ठोस प्रस्तावलाई स्वीकार गर्न दबाब दिएँ,” उनले भने।युक्रेनको भागहरू गाभ्ने रुसको योजनामा ब्लिन्केनले लाभरोभलाई ती कुराहरु कहिल्यै स्वीकार नगरिने बताए । उन्ले सॅसारले विलयलाई मान्यता नदिने बताए ।रुसी विदेश मन्त्रालयले कैदी आदान प्रदान गर्ने बिषयमा यो कुराकानीको पुष्टि गर्दै यो अमेरिकाले सुरु गरेको बताएको छ ।क्याटेगोरी : समाचारट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल