गृहपृष्ठ ∕ समाचार ∕ सुकुटे घुम्न गएकी युवती बिचएड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमै बलात्कृत सुकुटे घुम्न गएकी युवती बिचएड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमै बलात्कृत दीप संञ्चार असार २०, २०७९ गते २१:३२ मा प्रकाशित सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी युवती बलात्कृत भएकी हुन् । उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही स्थानका रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री रहेको प्रहरीले जनाएको छ । दिउँसो टेन्टमा सुतिरहेको अवस्थामा क्षेत्रीले बलात्कार गरेको, थपलिया र कार्कीले भने मतियारको रूपमा साथ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।आरोपीहरू भने एकै टोलीको रूपमा सुकुटे आएका थिए । जबरजस्ती करणी गरी फरार भएको भन्ने जाहेरीको आधारमा प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा काठमाडौं कलंकीबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।सोमबार सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #बलात्कार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट