गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएद्वारा रु १२ लाख ८७ हजार भन्दा बढी रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण एनआरएनएद्वारा रु १२ लाख ८७ हजार भन्दा बढी रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण दीप संञ्चार असार ११, २०७९ गते १२:२१ मा प्रकाशित गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १२,८७,५८०.४८ (बार्ह लाख सतासी हजार पाँचसय असी रुपैयाँ अठ्चालिस पैसा) हस्तान्तण गरेको छ।गैर आवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा। महावीर पुनलाई सो रकम बराबरको चेक हस्तान्तण गर्नुभयो।कार्यक्रममा बोल्दै डा। महावीर पुनले एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो। विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा जाने भएकाले त्यसको ५ प्रतिशत नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने , देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनुभयो।त्यस्तै राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनुपर्ने जोड दिनुभयो।त्यस्तै गैर आवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने उनले थपे।मन्तव्यको क्रममा एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली संघले कमिटमेन्ट गरेको रकम हस्तान्तरण गर्न पाउँदा सिंगो गैर आवासीय नेपाली खुसी भएको बताए। त्यस्तै विदेशमा सिकेको ज्ञान ,सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको उनको ठहर छ त्यस्तै एनआरएनएले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार भएको बताए। रकम हस्तान्तरण कार्यक्रमलाई संघका उपाध्यक्ष महेश श्रेष्ठले स्वागत र सञ्चालन एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटाले गरेका थिए। सो अवसरमा संघका युरोप युवा संयोजक रमेश काफ्ले एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापा लगायत संघका विभिन्न देशका पदाधिकारी र सदस्यहरु, पत्रकार, व्यवसायीहरुको उपस्थिति थियो ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट