गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंमा रहेका एनआरएनएलाई मतदाता नामावलीमा दर्ता गर्न प्रमुख आयुक्त थपलियाको आग्रह काठमाडौंमा रहेका एनआरएनएलाई मतदाता नामावलीमा दर्ता गर्न प्रमुख आयुक्त थपलियाको आग्रह दीप संञ्चार असार ५, २०७९ गते १६:०६ मा प्रकाशित काठमाडौं- काठमाडौंमा रहेका एनआरएनले निर्वाचन आयोगमा गएर नाम दर्ता गर्न सक्ने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले मताधिकार सम्बन्धी उठाएको मुद्धालाई छिटै सम्बोधन गर्ने बताएका छन् । बुधबार काठमाडौँ आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् ।उक्त कार्यक्रममा उनले गैर आवासीय नेवाली संघले उठाएको मताधिकार सम्बन्धी उठाएको मुद्दा सरकार समक्ष राख्ने र सरकारले सम्बोधन गरे लगतै आयोगले पास गरिदिने प्रतिवद्धता जनाएका छन् ।उनले भने, ‘बोल्न त धेरै सजिलो छ कार्यन्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु। कानूनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तप्पर छ । जहिले पनि जहाँ गएर पनि नागरिकलाई मतदान गराएर मत गणनाको नतिजा प्रकाशन गर्न निर्वाचन आयोग सधैँ तयार छ ।’साथै उनले कानूनमा आयोगले समावेश गरेर पठाउन सम्भव नभएको र कहाँ कसलाई कसरी मतदान गर्न दिइने भन्ने कुरा पनि अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । थपलिया भन्छन्, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई विदेशमै बसेर मतदान गर्ने अधिकारबाट यो अधिकार प्रारम्भ गरिने उपयुक्त हुन्छ। त्यसकै तयारीमा आयोग लागेको छ ।’क्याटेगोरी : समाचारट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल