गृहपृष्ठ ∕ समाचार ∕ लोकदोहोरी प्रतिष्ठानप्रति कलाकार घलेको असन्तुष्टि लोकदोहोरी प्रतिष्ठानप्रति कलाकार घलेको असन्तुष्टि दीप संञ्चार असार ४, २०७९ गते ९:५७ मा प्रकाशित लोक तथा दोहोरी गित प्रतिष्ठान कतार शाखाको तेस्रो अधिवेशन सम्पन्न भए संगै पुर्व उपाध्यक्ष नानू घलेले असन्तुष्टि व्यक्त गरेकी छन । घले सस्थापक महिला उपाध्यक्ष समेत हुन ।तेस्रो अधिवेशनमा अध्यक्षका चार प्रतिस्पर्धी मध्य उनी पनि एक थिईन । प्रमुख सल्लाहकारले समेत मंचबाटै यसपाली महिलालाई प्राथमिकता दिने बताउदा आफू निकै खुशी भएको बताईन । सस्थापक महिला उपाध्यक्ष भएको हुदा संस्थागत वरिष्ठताका अधारमा पनि आफू अध्यक्ष हुनेमा ढुक्क थिए ।उनका अनुसार अधिवेशनको अन्तमा आउदा बोल्नेले बोली फेरे, सुन्नेका कान बहिरा भए, अरु दर्शक बनेर हेरिरहे । म महिला भएर आट गरेर नेतृत्व गर्छु भनेर जादै गर्दा अग्रजहरुबाट सहमति पाउन सकिन । ठिकै छ, निर्वाचन प्रक्रियाबाट पनि म तयार नै थिए, यस प्रक्रियामा पनि मलाई अबरोध खडा गरिरहे । अधिवेशनको प्रक्रियामा सरल देखिन, निरंकुशता देखे ।यस्तो महोलले म आफुलाई असन्तुष्टिसंगै अपहेलना महशुस भयो । बिना कुनै पनि निस्कर्श म त्यहाँबाट निस्के एकाएक निर्वाचन समितीले शिव राम ढकाललाई अध्यक्ष घोषणा गरेछ । पुर्ण कार्यसमिती बन्ने कुरै भएन पुर्णकार्यसमिति नभएपछि अध्यक्ष एक्लैले शपथ पनि खाने कुरा भएन । तर अध्यक्षले अन्य सबै तिरबाट बधाई खाई रहे । म यो नाटक हेरेर नतमस्तक भई रहे ।मलाई कुनै गुनासो रहेन, म एक साधारण कलाकार हु र त्यो मेरो कला म संग सधै रहिरहने छ । नेतृत्व लिएर संस्थागत रूपमा केही नयाँ गरौं भन्ने सोचेको महिला भएर पछि परेको अनुभव भयो । प्रतिष्ठान कै परिषद सदस्य रहेका महिला पनि महिलालाई अगाडि लैजाने भन्दा पुरुषहरुको पछि लागे । धन्यवाद छ, पुरुषबादी सोच भएका महिला दिदिबहिनीहरुलाई अनि नयाँ कार्यसमितिलाई सफलताको शुभकामना ।क्याटेगोरी : समाचारट्याग : #लोकदोहोरी प्रतिष्ठान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल