गृहपृष्ठ ∕ समाचार ∕ काँडाघारीमा युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास काँडाघारीमा युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास दीप संञ्चार जेठ ३०, २०७९ गते ९:४७ मा प्रकाशित दम्पतीको बीचमा विवाद हुँदा काठमाडौंको काँडाघारीमा युवकले आफ्नो घाँटी काटेर आत्महत्या गर्ने प्रयास गरेका छन् । ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित ढुंगेधारामा बस्ने २८ वर्षीय गणेश कार्कीले चक्कुले घाँटी काट्ने प्रयास गरेका हुन् । दम्पतीको बीचमा मनमुटाव हुँदा कार्कीले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । प्रहरी प्रभाग काँडाघारीको टोलीले उद्दार गरेर उनलाई अस्पताल पठाएको छ । चक्कुले काटेर उनको घाँटीको अगाडीको भागमा चोट लागेको छ ।पत्नीले उनलाई ट्रमा सेन्टरमा उपचार गराइरहेकी छिन् । पति पत्नीको बीचको मनमुटाव धेरै पटक प्रहरीसम्म पुगेको थियो । प्रहरीले उनीहरुलाई पटक–पटक सम्झाउने गरेको थियो । ३ दिनदेखि घर नगएका गणेशले आइतबार राति आफू बस्ने १ तले टहरोमा आत्महत्या प्रयास गरेका हुन् । घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।क्याटेगोरी : समाचारट्याग : #आत्महत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल