गृहपृष्ठ ∕ समाचार ∕ सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु दीप संञ्चार जेठ २३, २०७९ गते १४:४८ मा प्रकाशित काठमाडौं – सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो ।पंङ्खा चलाउनको लागि मल्टीपल्ग जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा उपचारको क्रममा मृत्यु भएको हो ।धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ छापडाँडा बस्ने १९ वर्षीय ठाकुर मगरको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।मलेखुबाट ताल्तितर्फ बालुवा लिएर जाँदै गरेको बा.प्र.०३–००१ ख२११३ नम्बरको टिपरको बालुवा झार्न ढाला खोल्ने क्रममा विद्युतको तारबाट करेन्ट लाग्दा टिपरका सहचालक मगरको घटनास्थलमै मृत्यु भएको हो ।सुनसरीको बराहक्षेत्र नगरपालिका–६ जब्दी बस्ने ३७ वर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।आफ्नै घर अगाडि कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।क्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल