गृहपृष्ठ ∕ समाचार ∕ लोक दोहोरी प्रतिष्ठान कतार शाखाले तेस्रो अधिवेशन गर्ने लोक दोहोरी प्रतिष्ठान कतार शाखाले तेस्रो अधिवेशन गर्ने दीप संञ्चार जेठ २२, २०७९ गते १२:२३ मा प्रकाशित दोहा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले तेस्रो अधिवेशन गर्ने भएको छ ।‘हाम्रो अभियान,लोक संस्कृतीको संरक्षण, श्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन’ भन्ने मुख्य लक्ष्य लिएर सन् २०१७ को नोभेम्बरमा स्थापित शाखाको अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आगामी जुन १० मा दोहा नज्मा अवस्थित शालिमार होटेलको सभाहलमा सम्पन्न हुने भएको छ‘बहुजाति, बहुभाषी तथा विविध संस्कृतीको धनि मुलक नेपालको राष्ट्रिय पहिचानलाई झल्काउने लोक संस्कृतीको धरोहरको रुपमा रहेको (लोक तथा दोहोरी गितलाई) ब्यबस्थीत एवं मर्यादित गराउदै नेपाली समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिक पनलाई जोगाउन तथा दुख, पिडा , हर्ष र आशुँको अभिव्यक्तिको सशक्त माध्यम बनेको लोक तथा दोहोरी गितको मर्मलाई जिवित राख्न लोकदोहोरी संग आबद्ध सम्पुर्ण कलाकार तथा शुभेच्छुकहरुलाई एकजुट गराउदै अगाडी बढेको दोहोरी प्रतिष्ठान कतार शाखाले आफ्नो तेस्रो अधिबेशन भब्यरूपमा गर्न लागिएको अध्यक्ष शक्ति क्षेत्रीले बताए ।बैठकले वरिष्ठ उपाध्यक्ष शिवराम ढकालको संयोजकत्वमा अधिवेशन आयोजक मूल समारोह समिति र कोषाध्यक्ष मेनुका खतिवडाको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ संस्थाले साधारण सदस्यता (२५ रियाल) र आजीवन सदस्यता (४०१ रियाल) समेत खुला गरेको जनाएको छप्रतिष्ठान कतार शाखाको तेस्रो अधिबेशन भब्य रुपमा सम्पन्न गराउन कतारमा स्थापीत सम्पुर्ण बैचारिक, सामाजिक संघ – संस्थाहरु , बुद्धिजीवी , पत्रकार , कलाकार लगाएत सम्पुर्ण नेपाली जनहरुमा कार्यक्रममा उपस्थिति जनाएर सफल पारीदिनको निम्ति हार्दिक अनुरोध गरिएको सचिव तिलु सर्मा पौडेलले बताए ।क्याटेगोरी : समाचारट्याग : #लोक दोहोरी प्रतिष्ठान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल