गृहपृष्ठ ∕ समाचार ∕ कपिलवस्तु वाणगंगा नगरपालिकाकी १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार कपिलवस्तु वाणगंगा नगरपालिकाकी १७ वर्षीया बालिकामाथि सामूहिक बलात्कार दीप संञ्चार जेठ १९, २०७९ गते ९:५८ मा प्रकाशित सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया बालिकाको अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ ।बलात्कार गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर– ५ का निरज कार्की, वडा नम्बर– ४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर– ३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेका छन् ।मङ्गलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा बालिकाको अपहरण भएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रुपन्देही कञ्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाएपछि रातिदेखि प्रहरीले खोजतलास गरेको थियो ।सोही क्रममा बुधबार मध्याह्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए । अनुसन्धानको क्रममा उनीहरूले बालिकालाई अपहरण पछि कञ्चन गाउँपालिका– ३ रुद्रपुरमा लगी बलात्कार गरेको खुलेको उनले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #बलात्कार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल