गृहपृष्ठ ∕ समाचार ∕ छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउ छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउ दीप संञ्चार जेठ १२, २०७९ गते २०:३४ मा प्रकाशित काठमाडौं – प्रहरीले १५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपललाई घटना भएको पाँच वर्षपछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्का रहेका छन् ।सिन्धुली कमलामाई नगरपालिका–७ स्थायी ठेगाना भएका उनलाई प्रहरीले बिहीबार काठमाडौकों त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।खड्काले आफ्नै स्कूलमा पढने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते सुनसरीको धरान उपमहानगरपालिका–१० स्थित गेष्ट हाउसमा पु–याई बलात्कार गरेको प्रहरीले जनाएको छ ।उनले ती छात्रालाई स्कूलबाट रेष्टिकेट गरिदिने भनी धम्क्याई बलात्कार गरेको प्रहरीको भनाइ रहेको छ ।बलात्कृत भएपछि उक्त स्कूल छाडी अर्कै स्कूलमा पढिरहेकी ती छात्रालाई खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक–पटक मानसिक यातना दिने गरेका थिए ।बलात्कार गरेको भन्ने जाहेरी दरखास्त २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा परेपछि खड्का फरार रहेका थिए ।काठमाडौं टोखा नगरपालिकास्थित वानियाटरमा डेरामा लुकिछिपि बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ ।उनलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने छ ।क्याटेगोरी : समाचारट्याग : #बलात्कार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट