गृहपृष्ठ ∕ समाचार ∕ गौतमबुद्धको घर तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत गौतमबुद्धको घर तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत दीप संञ्चार जेठ ५, २०७९ गते १०:५१ मा प्रकाशित आगामी २ वर्ष भित्रमा महामानव गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचिमा सुचिकृत हुने भएको छ ।तिलौराकोटलाई विश्व सम्पदा सुचिमा लैजाने प्रक्रियाको विषयमा लुम्बिनीमा आयोजित सेमिनारले निष्कर्ष निकालेको हो । पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको छ ।कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर सापकोटाले बताए ।दुई दिने सेमिनारमा विज्ञहरुले आफ्नो राय पेश गरेकोले सोही आधारमा काम अगाडि बढ्ने महानिर्देसक सापकोटाले बताए ।तिलौराकोटको कृषि, पर्यटन र स्थानीय उत्पादनको चिजवस्तुलाई प्रोत्साहन हुने गरी गुरुयोजनामा समावेश गर्ने र पुरातत्वलाई प्रतिवेदन पेस गर्ने गरी काम अगाडि बढ्ने आर्केटेक काइ वाइजीले बताए ।अष्ट्रेलियाका विज्ञ डङ्कन पार्सलले तिलौराकोटको डिजाइन गरि रहेको र अहिले डकुमेन्ट्री बनाउने काम भइरहेकोले अबको २ वर्ष भित्रमा काम पूरा हुने र सन् २०२४ मा विश्व सम्पदा सूचिमा सुचिकृत हुने लुम्बिनी विकास कोषका प्रशासन प्रमुख ज्ञानिन राईले बताए ।दुई दिन सम्म भएको सेमिनारमा विज्ञहरुको सुझाबलाई तिलौराकोटको बारेमा सबैले बुझ्ने गरी किताबको रुपमा प्रकाशन गर्ने प्रमख राईले बताए ।विश्व सम्पदामा सुचिकृत भइसकेपछि गौतमबुद्धको घर तिलौराकोट दरबारको संरक्षण हुने र पर्यटकको मुख्य गन्तव्यको रुपमा विकास हुनेछ ।क्याटेगोरी : समाचारट्याग : #तिलौराकोट दरबार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल