गृहपृष्ठ ∕ समाचार ∕ वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी दीप संञ्चार वैशाख २४, २०७९ गते १३:४१ मा प्रकाशित वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ ।कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटलअगाडि पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।त्यस्तै, जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ । मिनि बस एमालेको चुनाव प्रसारप्रचारमा प्रयोग हुँदै आएको थियो ।आगजनीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक पदमबहादुर विष्टले बताए । शंकास्पद पाँच जनालाइ नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक बिष्टले बताए ।क्याटेगोरी : समाचारट्याग : #गाडीमा आगजनी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल