गृहपृष्ठ ∕ समाचार ∕ दाङमा सडक दुर्घटनामा दुई जनाको मृत्यु दाङमा सडक दुर्घटनामा दुई जनाको मृत्यु दीप संञ्चार चैत्र २७, २०७८ गते १६:०२ मा प्रकाशित दाङमा सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो ।दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा मृतकका छोरा १९ वर्षीय रोहित र १६ वर्षीया छोरी सविना घाइते भएका छन् । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।त्यसैगरी घोराही–तुलसीपुर सडक खण्डमा युपी ४२ विपी २४०१ भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा तुलसीपुर–१७ का आठ वर्षीय योगेश बस्नेतको मुत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।राससक्याटेगोरी : समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल