गृहपृष्ठ ∕ समाचार ∕ अभिनेता भुवन केसी राजनितिमा,काठमाडौंको मेयरमा उम्मेदवारी दिने,चुनाव चिन्ह र पार्टी कुन ? (विज्ञप्तीसहित) अभिनेता भुवन केसी राजनितिमा,काठमाडौंको मेयरमा उम्मेदवारी दिने,चुनाव चिन्ह र पार्टी कुन ? (विज्ञप्तीसहित) दीप संञ्चार चैत्र २३, २०७८ गते ९:२८ मा प्रकाशित अभिनेता तथा निर्माता भुवन केसी राजनितिमा होमिएका छन्। केसीले काठमाण्डौको मेयरमा चुनाव लड्ने घोषणा गरेका हुन् । उन्नत लोकतन्त्र पार्टी मार्फत भुवनले मेयरमा लड्ने घोषणा गरेका हुन् । रेश्मा लामालाई उपमेयरमा लिएर भुवन चुनावी मैदानमा जादैछन् । भुवन र रेश्मा उन्नत लोकतन्त्र पार्टीको चुनाव चिन्ह खुल्ला किताव मार्फत निर्वाचनमा सहभागी हुने उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।लामो समयदेखि पार्टीको संवाद समितिले गरेको छलफलपश्चात राइट टु रिजेक्ट, राइट टु रिकल, प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्र प्रतिको प्रतिबद्धता गरेपछि भुवनलाई पार्टीको परराष्ट्र विभाग समेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको अध्यक्ष नेपालले जानकारी दिए ।काठमाडौं मेयरमा महान नायक भुवन के सी र उपमेयरमा शहरीया गरिवीको अनुसन्धानकर्मी सुकुम्बासी बस्तीमा जन्मे हुर्केकी थापाथली बागमती पुलमुनि बस्ने रेश्मा लामा‘।प्रेस विज्ञप्ति २०७८/१२/२३उन्नत लोकतन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्य समितिको बैठकबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कलासंस्कृतिका मूर्धन्य व्यक्तित्व संसारका सबै देशका लागि सद्भावना राजदूत सरह भूमिकामा रहनु भएका काठमाडौंका पुस्तैनी वासिन्दा, काठमाडौं महानगरपालिका भित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेका नेपाली चलचित्रका महान नायक भुवन के सी ज्युको उम्मेदवारीमा खुला किताब चुनाव चिन्ह सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ ।लामो समयदेखि पार्टीको संवाद समितिले गरेको छलफलपश्चात राइट टु रिजेक्ट, राइट टु रिकल, प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्र प्रतिको प्रतिबद्धता गर्नुभएपछि उहाँलाई पार्टीको परराष्ट्र विभाग समेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको छ ।त्यसैगरी आजैको बैठकले काठमाडौं महानगरपालिकाको उपमेयर पदमा लामो समयदेखि महानगरपालिकाले हरेक वर्ष उठिवास लगाउने गरेको थापाथली पुल मुनि रहेको सुकुम्वासी बस्तीमा हुर्की बढी सोही स्थानको सानो प्लाष्टिकको छाप्रोमा रहँदै बस्दै स्नातक तह उत्तीर्ण गर्नु भएकी वैदेशिक रोजगारीमा समेत गएर त्यहाँ नेपालीको सम्मान नहुने गरेको पीडाबाट देशमै केही गर्छु भनी फर्किएर हाल शहरीया गरिबीको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएकी रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।पार्टीको डाक्टर इञ्जिनियर वकील समाजशास्त्री अर्थशास्त्री समेत सम्मिलित विज्ञ परिषदको अध्ययनको निष्कर्शको आधारमा निर्देशिका बनाई जनतालाई निःशुल्क विद्युत, पानी, स्वास्थ्य, शिक्षा र भूमिहीनलाई आवास उपलब्ध गराउने योजना सहितको कार्यक्रम रहेका छन् ।मेयरका उम्मेदवार भुवन के सीले सबै वर्गका जनताको बस्नलायक आधुनिक शहर निर्माण विज्ञ विभागको समेत परामर्शमा र उपमेयरले महानगरको न्यायाधीसको रुपमा न्यायिक समिति मार्फत कानुन विभागको परामर्शमा महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्नु हुने विश्वास रहेको छ ।सुकुम्वासी बस्तीमा हुर्के बढेर सोही समस्याको समाधानका लागि आफैं महानगरको न्यायिक उपमेयरको उम्मेदवार बनेको यो विश्वको दुर्लभ घटना हो । उहाँहरु दुवै उम्मेदवार सहित उन्नत लोकतन्त्र पार्टीका देशभरका सबै उम्मेदवारहरुले मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च गर्नु हुने छैन । साथै उहाँहरु लगायत यस पार्टीका सबै उम्मेदवारले आफ्नो सम्पत्ति विवरण पहिला सार्वजनिक गरेर मात्र उम्मेदवारी दर्ता गर्न पाउने पार्टीको निर्णय रहेको छ ।साथै उहाँहरु लगायत यस पार्टीका सबै उम्मेदवारले आफूले गरेका वाचा जनता सामू तमसुक गरेर सो वाचा पूरा नगरे सोही तमसुकपत्रका आधारमा आफूलाई दिएको भोट फिर्ता लिएर पदबाट बर्खास्त गर्न करार नै गरिदिनु हुनेछ, सो करार अनुसार उहाँहरु उपर मुद्दा लाग्ने कुरामा समेत सहमति रहने पार्टीको निर्णय रहेको छ ।विश्वास छ सबै आदरणीय काठमाडौं महानगरवासी लगायत देशभरका अन्य पालिकाका नागरिकले बत्ती पानी स्वास्थ्य शिक्षा र असाहय भूमिहीनहरुलाई निर्देशिका बनाई आवास समेत उपलब्ध गराउने योजना र कार्यक्रम सहित खुला किताब चुनाव चिन्हमा मतदात गरी विजयी गराई यतिका वर्षसम्म खेर गएको मत यस पटक खेर फाल्नु हुने छैन ।–अध्यक्षस्वागत नेपालक्याटेगोरी : समाचारट्याग : #भुवन केसी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट