गृहपृष्ठ ∕ समाचार ∕ शेष घलेद्धारा गठित निर्वाचन प्रमुखसहित सदस्यहरुद्धारा सामुहिक राजीनामा शेष घलेद्धारा गठित निर्वाचन प्रमुखसहित सदस्यहरुद्धारा सामुहिक राजीनामा दीप संञ्चार चैत्र १०, २०७८ गते ७:१२ मा प्रकाशित काठमाडौं -गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेद्धारा गठित निर्वाचन समितिका सदस्यहरुले सामूहिक राजिनामा दिएका छन ।निर्वाचनका प्रमुख आयुक्त विश्वनाथ वराल सहित ४ जना माथि घलेले अभद्र व्यवहार गरे पछि बुधवार सामुहिक राजिनामा दिएका हुन । उनीहरुलाई घलेले १३२ जना मतदाताको नाम देखाएर निर्वाचन गराउन दवाव दिएका छन । तर निर्वाचन समितिले सदस्यहरुको कमी भएको र ठुलो मात्रामा सदस्यहरुले बहिस्कार गरेकाले निर्वाचन गराउन नसक्ने बताएपछि घलेले अभद्र व्यवहार गर्दै आफुले प्रधानमन्त्रीले भनेको त नमान्ने भन्दै निर्वाचनका पदाधिकारीलाई अपमानित शब्दहरु प्रयोग गरेको एक सदस्यले बताए ।घलेद्वारा गठन गरिएको निर्वाचन समितिलाईनै घलेले दूर्ब्यवहार गरेको भन्दै समितिका सबैले राजिनामा दिएका छन । निर्वाचन समितिद्वारा आज प्रेस बिज्ञप्ती जारि गर्दै उक्त घोषणा गरिएको हो ।प्रेस बिज्ञप्तीमा ‘गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको गत मार्च ६ तारिख २०२२ मा बसेको बैठकले दिएको म्यान्डेट अनुरुप प्रमुख संरक्षक शेष घलेले गठन गरेको निर्वाचन समितिमा रही हामीले काम गरिरहेकोमा एनसीसीका अध्यक्षहरुले नै हाल सुरु गरिएको निर्वाचन प्रक्रिया संघको विधान र नियमावली विपरित हुनुका साथै संस्थालाई विभाजित र विखण्डन गर्ने उद्देश्यले अगाडि बढाइएको भन्दै प्रमुख संरक्षकलाई त्यतिबेला दिइएको म्यान्डेट सबै एनसीसीले फिर्ता लिएको हामीलाई जानकारी गराएको’ उल्लेख गरेका छन ।बिज्ञप्तीमा भनिएको छ “मिति २३ मार्च २०२२ का दिन अपरान्ह निर्वाचन अधिकृतहरुको बैठकमा प्रमुख संरक्षकले प्रमुख निर्वाचन अधिकृतसहित निर्वाचन समितिका सदस्यहरुलाई अमर्यादित व्यवहार गर्नुभएको प्रति गम्भीर आपत्ति गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट