गृहपृष्ठ ∕ समाचार ∕ वडा प्रहरीकै अगाडि कास्की जिल्ला अदालतमा कसरी भो तोडफोड ? वडा प्रहरीकै अगाडि कास्की जिल्ला अदालतमा कसरी भो तोडफोड ? दीप संञ्चार चैत्र ९, २०७८ गते १६:४६ मा प्रकाशित पोखरा – कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । ६ नम्बर इजलासको ढोका फोरिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतले जनाएको छ ।सूचना अधिकारी निल पनेरुले इजलासको दराज फुटेको अवस्थामा रहेको बताए । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ । घटना मंगलबार राति भएको हो । बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्,झ उनले भने, ञनयाँ भवन भएकोले सीसीटिभी क्यामेरा राखिएको छैन। घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन ।झप्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसलस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मिसिलबारे कर्मचारीले छानबिन गरिरहेका छन् ।तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको प्रहरीले जनाएको छ । सोही रडको फिंगर प्रिन्टदेखि सीसीटिभी फुटेजसमेत हेरेर अनुसन्धान अघि बढाइएको हो । उक्त इजलासको जिम्मा न्यायाधीश देवप्रसाद योगीलाई थियो ।वडा प्रहरीकै अगाडि कसरी भो तोडफोड ?अदालतको ठ्याक्कै अगाडि वडा प्रहरी कार्यालय छ । डीएसपीको कमान्डमा प्रहरी खटिएका छन् । लेकसाइड क्षेत्र भएकोले यहाँको प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू चौबिसै घण्टा उच्च सतर्कतासाथ बस्छन् । सोही कार्यालय अघिको अदालतमा भएको तोडफोड रहस्यमय छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #अदालत तोडफोड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट