गृहपृष्ठ ∕ समाचार ∕ स्कोर्पियोको ठक्करबाट एक महिलाको मृत्यु स्कोर्पियोको ठक्करबाट एक महिलाको मृत्यु दीप संञ्चार फागुन २८, २०७८ गते १९:३९ मा प्रकाशित काठमाडौँ -रौतहट गुजारा नगरपालिकामा भारतीय गाडीको (स्कोर्पियो) ठक्करबाट एक महिलाको मृत्यु भएको छ । विआर ०५ पिए ५००० नम्बरको गाडीको ठक्करबाट गुजारा नगरपालिका ३ की ४० वर्षीय गीतादेवीको घटनास्थलमै मृत्यु भएको हो ।महिलालाई ठक्कर दिएलगत्तै आक्रोशित स्थानीयवासीको भीडले गाडीमा आगजनी गरेका छन् ।गाडी पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख लिलाराज लामिछानेले बताए । उक्त गाडीको ठक्करबाट अर्की एक महिला घाइते भएकी छन् ।जथाभावी चलाइएको उक्त गाडीको ठक्करबाट थुप्रै खसी बाख्रा मरेको प्रहरीको भनाई छ । स्थानीयवासीका अनुसार गुजाराको पशुपति टोलमा भएको एक विवाह कार्यक्रममा आएका जन्तीले मदिरा सेवन गरेर गाडी चलाउँदा सो दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #दुर्घटना, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल