गृहपृष्ठ ∕ समाचार ∕ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते दीप संञ्चार फागुन १५, २०७८ गते १३:२७ मा प्रकाशित सर्लाही -सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।शनिबार राति मधुवनी-नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका-२, स्थित लंगडा पुलमा प्रदेश २-०३-०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका-३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा परेर चौधरीको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थितभेनस अस्पतालमा लगिएको थियो तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।दुर्घटनामा कौडेना गाउँपालिका-५, का दिपेश मुखिया घाइते भएका छन् । उनको भेनेस अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादले जानकारी दिएक्याटेगोरी : समाचारट्याग : #दुर्घटना, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट