गृहपृष्ठ ∕ समाचार ∕ पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्री आलेको निर्देशन पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्री आलेको निर्देशन दीप संञ्चार फागुन २, २०७८ गते २२:०७ मा प्रकाशित काठमाडौँ -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् ।आज मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण उक्त पसल व्यवस्थित ठाउँमा सार्न निर्देशन दिएका हुन् ।पशुपति क्षेत्र नेपालका चार धाममध्ये एक भएको र पशुपति नाथ राष्टदेव भएकाले त्यहाँ सफा सुग्घर राख्न विकास समितिका पदाधिकारीलाई निर्देशन दिए । मन्त्री आलेले भने, ‘पशुपति नाथमा आउने भक्तजनलाई कुनै पनि कुराको असहज नहोस्, राष्ट्रदेव पशुपतिनाथ क्षेत्रलाई सुन्दर र सफा राख्नुस् ।’ पशुपतिनाथ क्षेत्रमा फूल, प्रसाद बिक्री गर्दै आएका व्यापारीलाई उचित स्थानमा सार्न र उनीहरुका समस्या एक हप्तामा समाधान गर्नसमेत मन्त्री आलेले आग्रह गरे ।नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पशुपतिनाथ क्षेत्रमा फूल प्रसाद बिक्री वितरण गर्ने व्यापरारीहरुले आपसी सहमतिमा आफू बस्ने ठाउँको व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरे । उनले भने, ‘पर्यटन मन्त्रीको पहलमा तपाईंहरुको व्यापार गर्ने ठाउँको व्यवस्था हुँदैछ, अनेकौँ बहाना गरेर बखेडा नगर्नुस्, आपसी सहमतिमा आफ्नो व्यापार गर्ने ठाउँ रोज्नुस् ।’राससक्याटेगोरी : समाचारट्याग : #प्रेमबहादुर आले तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति