गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम सञ्चालन एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम सञ्चालन दीप संञ्चार पुस ५, २०७८ गते २१:५१ मा प्रकाशित दाङ — कृषि तथा पशुपन्छी विमा अभिकर्ताहरुलाई तालिम दिन थालिएको छ । एनएलजी ईन्स्योरेन्सको आयोजना तथा ग्रामिण उत्थान केन्द्र एवम हेफर इन्टरनेशनल नेपालको समन्वयमा अभिकर्ताहरुलाई तालिम दिन थालिएको हो ।तालिममा दाङ, सल्यान तथा प्युठानका सहभागि रहेका छन् । तालिम ३ दिनसम्म सञ्चालन हुने भएको छ । तालिममा विमाको उद्देश्य, विमाका फाइदालगायतका विषयमा जानकारी गराइने भएको छ । कार्यक्रममा एनएलजी ईन्स्योरेन्सका चिप कर्पाेरेट मार्केटिङ अफिसर बुद्ध प्रकाश सिंहले कृषकहरुलाई विमामा जोडन ग्रामिण क्षेत्र सम्म पु¥याइने बताए । यसै लागि अभिकर्ताहरुलाई तालिम दिन थालिएको उनको भनाइ रहेको छ । सबै सँग सहकार्य गदै कृषकसंग जोडिएर अगाडि वढने उनले बताए ।घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणी अर्यालले कृृषि तथा पशु विमाका वारेमा कृषकहरुले जानकारी नपाउँदा समस्या भएको बताए । कृषकहरुलाई जानकारी गराएर विमामा जोडनु पर्ने बताए । यसले गर्दा उनीहरुको खेती तथा पशुपालनको व्यवसाय सुरक्षीत वनाउन सहयोग पुग्ने उनले बताए । कार्यक्रममा पशु विज्ञ केन्द्रका प्रेम चौधरी, ग्रामीण महिला उत्थान केन्द्रका कानुनी सल्लाहाकार सौगतविर चौधरी, हेफरका जिल्ला कार्यक्रम अधिकृत महेश आचार्यलगायतकाले भनाइ राखेका थिए ।एनएलजी ईन्स्योरेन्सका घोराही शाखा प्रमुख रवि गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण एनएलजी ईन्स्योरेन्स घोराही शाखाका बजार ब्यवस्थापक सन्तोष अधिकारीले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #insurance beema training तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल