गृहपृष्ठ ∕ समाचार ∕ दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति दीप संञ्चार मंसीर ९, २०७८ गते ८:०१ मा प्रकाशित काठमाडौँबसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई रु नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच भएको त्रिपक्षीय वार्ताले मृतकका परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम प्रदान गर्ने सहमतिपछि आफन्तजनले शव बुझेका हुन् ।मृतकका आफन्तजनले उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने चेतावनीसहित करिब आधा घण्टा पृथ्वीराजमार्ग अवरुद्ध गरेपछि त्रिपक्षीय वार्ता बसेको थियो । मृतकका परिवारलाई दुर्घटना बीमाबापत रु पाँच लाख र चालकको लापरबाहीका कारण युवा नेताको मृत्यु हुन पुगेकाले चालकका तर्फबाट रु चार लाख गरी कूल नौ लाख क्षतिपूर्ति दिने सहमति भएको हो ।मङ्गलबार डुम्रे बेँसीशहर सडकखण्डमा पर्ने तनहुँको भानु नगरपालिका–१ भन्सारमा बसको ठक्करबाट स्कुटर चालक विद्यार्थी नेता २४ वर्षीय सुवर्ण देवकोटाको घटनास्थलमै मृत्यु भएको थियो । बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसका चालकको लापरबाहीका कारण सोही दिशामा गुडिरहेको बा४५प २३८ नम्बरको स्कुटर चालक विद्यार्थी नेताको मृत्यु भएको हो ।बसका चालकको चरम लापरवाहीका कारण विद्यार्थी नेता देवकोटाको मृत्यु भएको भन्दै मृतकका आफन्तजनले शब बुझेका थिएनन् । सहमतिपश्चात् बुधबार साँझ आफन्तजनले शव बुझेर दाहसंस्कारका लागि पालुङटार नै लगेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल