गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ अंकित रावल कात्तिक ६, २०७८ गते २१:४० मा प्रकाशित दाङ — दाङको तुल्सीपुरमा रहेको लक्ष्मीवास बचत तथा ऋण सहकारी संस्था लि. र USAID को साझेदारीमा वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ भएको छ। महिलाहरुलाई पैसाको महत्व र त्यसको उपयोगिता बुझाउनका लागि ‘शान्ति र सुरक्षामा महिला’ नामक एक महिने कार्यक्रम शुभारम्भ भएको हो।नेपालमा पैसा नभएर भन्दा पनि पैसाको प्रभावकारी परिचालनको अभावका कारण पनि आम गरिबी हालसम्म पुस्तान्तरण हुँदै आएको भन्दै त्यसको न्यूनीकरणका लागि वित्तीय पहुँच, वित्तीय साक्षरता र वित्तीय समाबेशीकरण आजको प्रमुख आवश्यकता रहेको कुरा तुल्सीपुर उपमहानगरपालिका ७ का वडा अध्यक्ष टोप बहादुर के. सी. ले बताए ।अहिले सम्म पनि महिलाहरु घरको काममा मात्र गर्ने नभइ आफूसङ्ग भएको थोरै पैसालाई अधिकतम प्रयोग गरि आफ्नो दैनिक आर्थिक अवस्था सुधार गर्नका लागि वित्तीय साक्षरता आधारभूत आवश्यकता महसुस गरेकोले यस कार्यक्रमको सुरुवात गरेका छौ र यस कार्यक्रमले सोछे अनुसारको काम उदेश्य हासिल गर्ने कुरामा पनि बिश्वस्त रहेको कुरा उक्त सहकारीको महासचिव सुधा हमालले स्वागत मन्तब्यका क्रममा व्यक्त गरेको थिइन।उक्त सहकारीको वालवचत संयोजक यसोदा वलीले सो कार्यक्रमको उदेश्य, महत्त्व तथा सहकारीको बारेमा बोल्दै कार्यक्रम तुल्सीपुर उपमहानगरपालिकाको वडा नम्बर ७ बाट शुभारम्भ भएपनी तुल्सीपुरका सबै आवश्यक क्षेत्रमा यो कार्यक्रम एक महिना सम्म सञ्चालन गर्ने कुरा व्यक्त गरेको थिइन।तुल्सीपुर उ.म.न.पा -७ का वडा अध्यक्ष श्री टोप बहादुर के.सीको प्रमुख आतिथ्यमा र लक्ष्मीवास बचतऋण सहकारीको का.वा अध्यक्ष कुम्भ कुमारी अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन जमुना बुढाथोकीले संचालन गरेको थिइन भने सहजकर्ता द्वय सृजना दहाल अधिकारी र दिनेश शाहले तालिमको बारेमा सहभागी महिला दिदिबहिनीहरूलाई जानकारी दिएका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #News तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट