गृहपृष्ठ ∕ समाचार ∕ द्रौपदी कसरी पाँच पाण्डवकि पत्नी बनिन् ? द्रौपदी कसरी पाँच पाण्डवकि पत्नी बनिन् ? दीप संञ्चार असोज ६, २०७८ गते १५:२१ मा प्रकाशित काठमाडौँमहाभारतकी अमर पात्र द्रौपदी आफ्ना पाँच पतिका कारण सधैं विवादमा रहिन् । बहुपति प्रथालाई स्वीकार नगर्ने समाजमा द्रौपदीको कदम क्रान्तिकारी थियो जसका कारण उनीमाथि अनेकौं लाञ्छना लागे ।हुन त द्रौपदीले अर्जुनसँग मात्र विवाह गरेकी हुन् तर उनको सम्बन्ध अर्जुनका दाजुभाइसँग हुन पुग्यो । द्रौपदी अर्जुनलाई मात्र प्रेम गर्थिन् कि रु अझ कर्णलाई पनि मन पराउँथिन् कि रु साँच्चै उनका पाँच पति थिए त रुवनवासमा रहँदा अर्जुनले ब्राह्मणको भेष बनाएर द्रौपदीलाई स्वयंबरमा जितेका थिए । प्रतिबिम्बमा हेरेर माछाको आँखामा निशान लगाउने परीक्षा जितेपछि द्रौपदी अर्जुनकी भइन् । तर अर्जुनका दाइ युधिष्ठिरले पहिला आफ्नो विवाह हुनुपर्ने बताए । अनि राजकुमारी द्रौपदी सबै पाण्डव भाइको पटरानी हुनुपर्ने पनि भने ।द्रुपदले यस्तो बहुपतिमा आपत्ति उठाएपछि वेदव्यासले उनलाई द्रौपदीको पूर्वजन्मका बारेमा सम्झाएर राजी गराए । पूर्वजन्ममा भगवान् शिवसँग हडबडाएर पाँच वर मागेका कारण द्रौपदीले पाँच पति पाउने रहस्य रहेको वेदव्यासले सम्झाए ।पाँचै पाण्डवले फरक फरक दिनमा द्रौपदीको पाणिग्रहण गरे । पछि पाँचै पाण्डवबाट द्रौपदीले एक एक वर्षको अन्तरालमा एक एक पुत्र जन्माइन् । युधिष्ठिरको प्रतिविन्ध्य, भीमसेनको सुतसोम, अर्जुनको श्रुतकर्मा, नकुलको शतानीक र सहदेवको श्रुतसेन नामक छोरो जन्मिए ।पाण्डवहरूले अन्य पत्नीसँग पनि विवाह गरेका थिए र उनीहरूबाट पनि सन्तान जन्माएका थिए । तर सबैले द्रौपदीलाई नै महारानी मान्थे ।द्रौपदी कर्णप्रति आसक्त थिइन् भनी बंगाली उपन्यासकार चित्रा बनर्जी दिवकरुणीले द प्यालेस अफ इल्युजनमा कथा बनाएकी छिन् । कर्णले द्रौपदीलाई पाउन नसकेको पीडा द्युतसभामा अपमान गरेर शमन गर्न खोजे ।तर महाभारतलाई गहिरो अध्ययन गर्ने हो भने द्रौपदी कृष्णलाई मन पराउँथिन् भन्ने देखिन्छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट