गृहपृष्ठ ∕ ग्लोबल ∕ खाडीका प्रवासी नेपाली मञ्चद्वारा सरकारको निर्णयको स्वागत, मताधिकार प्रयोग गर्न पाउनु पर्ने माग ! खाडीका प्रवासी नेपाली मञ्चद्वारा सरकारको निर्णयको स्वागत, मताधिकार प्रयोग गर्न पाउनु पर्ने माग ! तिलु शर्मा पौडेल जेठ १०, २०७८ गते ९:१४ मा प्रकाशित दोहा – नेकपा एमालेको प्रवास सङ्गठन प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटीले ताजा जनादेशमा जाने ओली सरकारको निर्णयलाई स्वागत गरेको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम ‘प्रधानमन्त्री नियुक्त हुन नसकेपछि राष्ट्रपति अन्तरिम चुनाव हुने घोषणा भएको थियो ।विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिना भित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ’ भन्ने संवैधानिक व्यवस्था बमोजिम प्रतिनिधिसभाको निर्वाचन आगामी २०७८ साल कार्तिक २६ गते शुक्रवार र मङ्सिर ३ गते शुक्रवार गरी २ चरणमा सम्पन्न गर्ने गरी तोकिएको मितिको स्वागत गरिएको हो । ताजा जनादेशमा जाने निर्णय नेपालको लोकतन्त्र, समृद्धि र विकासको निम्ति स्वागत योग्य रहेको र अब सरकारले कोभिड महामारी नियन्त्रणलाई प्रभावकारी बनाउने र राजनीतिक दलहरू तथा आम नेपाली जनसमुदायहरूले यस महामारीबाट सुरक्षित रहन अधिकतम सजगता उपायहरू अपनाउँदै निर्वाचनमा सहभागी हुन अपिल गरेको छ ।मञ्चले विज्ञप्ति मार्फत हाल ५० लाख भन्दा बढी मतदाता देश बाहिर रहेको स्मरण गराउँदै बाहिर रहेका नेपालीको मताधिकार प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट