गृहपृष्ठ ∕ समाचार ∕ म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या दीप संञ्चार चैत्र २९, २०७७ गते १०:२४ मा प्रकाशित काठमाण्डौ – म्यानमारमा सैनिक सत्ताविरुद्ध प्रदर्शन गरिरहेकाहरुमाथि सुरक्षा फौजको ज्यादती रोकिएको छ । सुरक्षाकर्मीले बागो शहरमा ८० जना भन्दा बढिको हत्या गरेको प्रजातन्त्रवादी अभियन्ताहरुले बताएका छन् ।सैनिकले हत्या गरिएकाहरुको शव पनि लिएर गएको बताइएको छ । हत्या गरिएकाहरुको सही संख्या थाहा पाउन कठिन हुने जनाइएको छ ।प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार सुरक्षाकर्मीले राइफलसहितका हतियार प्रयोग गरेका थिए । उनीहरुले आफ्नो मार्गमा पर्ने सबैमाथि गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएर सेनाले शासन आफ्नो हातमा लिएयता प्रदर्शन हुँदै आएको छ । अहिलेसम्म सुरक्षाकर्मीको ज्यादतीका कारण ६०० जना भन्दा धेरैको ज्यान गएको छ ।आफ्नो शक्ति कायम गरिरहनका लागि सैनिकले हिंसात्मक गतिविधि बढाउँदै लगेको छ ।याङ्गुनको प्रमुख शहर बागोमा सेनाले शुक्रबार हत्याको शृङ्खला कायम गरेको हो । स्थानीय बासिन्दालाई नजिकका गाउँमा भाग्न बाध्य पारिएकाले घटना सार्वजनिक हुन पूरै एक दिन भन्दा बढिको समय लागेको हो ।ज्यान गुमाउनेको वास्तविक संख्या बाहिर आए भन्दा धेरै हुन सक्ने अनुगमन समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ । स्थानीय सञ्चारमाध्यम म्यानमार नाव न्यूजलाई प्रत्यक्षदर्शीले शुक्रबारको घटनालाई नरसंहारसँग तुलना गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल