Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकला/साहित्यभाइरल बन्दै पूर्व राजारानीकाे नृत्य

भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य


काठमाडौं – यतिबेला पूर्व राजा ज्ञानेन्द्र शाह र रानी काेमल शाहकाे युगल नृत्य सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।

पूर्व रानी काेमलकाे ७० औँ  जन्मदिनकाे अवसरमा राजपरिवारका सदस्यहरूले   शुक्रवार पूर्वरानी कोमलको जन्मदिन मनाएका हुन् । जन्मदिनकाे अवसरमा प्रस्तुत गरिएकाे पूर्व राजारानीकाे नृत्य अहिले पनि चर्चामा रहेकाे छ ।

हिमानी शाहको फ्यान पेजबाट अपलोड गरिएको एक भिडियोमा जन्मदिन मनाउँदै गर्दा पूर्वराजारानी नाचेका थिए । उक्त भिडियोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् ।

जन्मदिनको अवसरमा पूर्वयुवराज पारस शाह पनि झापा पुगेका थिए । साथै झापामा पूर्वराजा र पूर्वयुवराज्ञी हिमानीसहित सम्पूर्ण परिवार उपस्थित थिए ।

जन्मोत्सवको अवसरमा शाह परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटल एक हप्ताका लागि बुक गरेको थियो ।




क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार