Techie IT
×
गृहपृष्ठकला/साहित्यआपसी मतभेदले अवधी संस्कृतीको संरक्षण हुन सकेन-अध्यक्ष यादव

आपसी मतभेदले अवधी संस्कृतीको संरक्षण हुन सकेन-अध्यक्ष यादव


दाङ-गढवा गाउँपलिकाका अध्यक्ष सहजराम यादवले आपसी मतभेदले अवधी संस्कृतीको संरक्षण हुन नसकेको बताए ।

बडा दशै,करवा चौथ,दिपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा पुस्तक बिमोचन कार्यक्रममा अध्यक्ष यादवले उक्त कुरा बताएका हुन ।

साथै अवधी संस्कृतीको संरक्षणको लागि सबै पुस्ता एक जुटभएर लाग्नु पर्ने भन्दै समाजमा रहेको कुरिती कुसंस्कार हटाउन र राम्रा रितिरिवाजको अनुसरण गर्न आवस्यक रहेको यादवको भनाई छ ।

नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठान गढवाको आयोजना र राजपुर तथा गढवा गाउँपालिकाको बिशेष सहयोगमा कार्यक्रम भएको हो ।

गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आथित्य तथा नेपाल अवधी संस्कृती संरक्षण प्रतिष्ठान गढवाका राम गोपाल यादबको सभापतित्वमा भएको कार्यक्रममा नेपाल संस्कृति संरक्षण प्रतिष्ठानको मुख पत्र अवधी दर्पणको बिमोचना गरिएको थियो ।
पुस्तकको बिमोचन प्रमुख अथिती सहजराम यादव र समिक्षा रेडियो साझा आवाजका प्रबन्धक दुखहरण यादवले गरेका थिए ।

कार्यक्रममा यादव समाज सेवा संघका कोषाध्यक्ष राधा यादव, नेपाल अवधी सहित्य परिषदका जगतराम यादव, वन तथा वातावरण संरक्षण समन्वय समितीका उमाकान्त पन्त,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट,मुखपत्रका प्रधान सम्पादक हनुमान यादव, साहित्यकार तथा मुख पत्रका सहसम्पादक शनिराम यादव ,गढवा गाउपालिकाका प्रेस सल्लाहकार शिवराज पन्थी,रामहेत स्मृति अक्षय कोषका संस्थापक रबिता यादव साहित्य तथा संस्कृती प्रेमीहरुको सहभागिता रहेको थियो ।

नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठानका जय राम यादवको स्वागत गित तथा प्रतिष्ठानका कोषाध्यक्ष पटवारि यादवको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव राम कुमारी यादवले गरेकी थिइन ।


क्याटेगोरी : कला/साहित्य, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस