गृहपृष्ठ ∕ कला/साहित्य ∕ कबिता : म पूर्ण भएँ कबिता : म पूर्ण भएँ दिल थापा कात्तिक ७, २०७७ गते ६:४६ मा प्रकाशित मेरो सामु शब्दहरु असरल्लै थिएँ ।तिमी मेरो जीवनमा आर्यौँ ।ती शब्दहरुलाई जीवनमा एक एक गरी बुन्न सिकायौं ।आज मेरो जीवनले पूर्णता पाएको छ। नोबेल पुरस्कार पाएकी कवयत्रिको कविताजस्तै साच्चीकै मेरो जीवन काव्यात्मक भएको छ।जुन बेला म अपूर्ण थिएँ । त्यो बेला पाइलाहरु थियो ।अर्थपूर्ण थिएन । हातहरु थियो ।आकासमा अनेकौं आकार बनाई रहने बादल जतिकोनी सिर्जनशील थिएन ।जब मेरो जीवनमा तिमी आयौँ ।मेरो पाइलाहरुलाई गन्तव्य देख्न सिकायौं । आज त म भिरालो पखेरामा बन्चरोले सालको रुख काटेर हलो टाँस्न नी सक्छु । बाँसको चोयाँ काटेर तिमीले पँधेरोबाट पानी बोक्ने दोको बुन्न नी सक्छु ।हामी बस्ने घर छाएर धुरी मार्न नी सक्छु ।जीवनमा परिवर्तन आयो तिमी आएसंगै lनत्र त म पुरुष जस्तै थिएँ ।कुनै नारीलाई मायाँ गर्ने पुरुष जस्तो थिइन् । तिमी आयौँ म पूर्ण भएँ । जीवनले पूर्णता पायो ।मैले यस्तो भन्यो भन्दैमा तिमीले नारी पुरुषलाई पूर्णता गर्ने साधन त रहेछ नठान । तिमीलाई त मैले मेरो जीवनको साध्य सम्झेको छु।त्यसैले त मलाई दुनियाँले जताबाट पढेनी तिमीलाई भेटेको हुन्छ।हेर त आज हाम्रो काखमाछोरामा छोरा छ। छोरीमा छोरी छ । कतै म पैलै मरे भने हाम्रो छोराले तिमीलाई मेरो मायाँको अभाव महशुस हुन दिने छैन । तिमीलाई समाजले गर्ने हरेक प्रश्नहरुको उत्तर उसले दिने छ।मैले मेरी आमालाई गरेको जति मायाँउसले नी तिमीलाई गर्नेछ। हाम्रो छोरीले त झन तिमीलाई तिम्रो आमाको अभाव महशुस हुन दिने छैन । तिमीलाई याद छ। हाम्रो छोरीले बालाखमा तिमीलाई तोते बोलीले सुत सुत भनेर तिमीसंग खेलेको । साच्चीकै स्वर्ग छ भने मयी कुराहरु स्वर्गबाट नियाल्ने छु।मलाई आश छ। हाम्रो छोराले तिमीजस्तै नारीलाई पाएर पूर्णता हुने छ। तिमीसंग जसरी खुसीको जीवन जीउन सौभाग्य मैले पाए उसले नी पाउने छ।अनि हाम्री छोरीको अनुहार मेरो जस्तै जस्तै छ। स्वभाव तिम्रो जस्तै छ। सायद उसले नी म जस्तै कुनै पुरुषलाई पूर्णता दिने छ।तर नारीबिना हाम्रो छोरा अपूर्ण होला ।हाम्री छोरी अपूर्ण हुने छैन । हिजो म बिना नी तिमी पूर्ण थियौँ भने हाम्री छोरी कुनै पुरुषबिना अपूर्ण कसरी हुन सक्छ ?दिल थापा ~तनहुँ जिल्ला ,हाल जापानक्याटेगोरी : कला/साहित्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारटिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाईगजल उत्सव – ४ भव्य रुपमा सम्पन्न, प्रवासी साहित्यक मनहरुलाई…मेरो दशैं, हिजो र आजगजल उत्सव -४ आगामी नोभेम्बर २० मा हुने, भव्य तयारी… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’