Techie IT
×
गृहपृष्ठकला/साहित्यकविता : म वीर्य

कविता : म वीर्य


वीर्यको अर्थ बिरता हुन्छ तिम्रो समाजमा ,
तिमी बीउ जमाउन सक्छौ, सृष्टि थमाउन सक्छौ,
र , पुरुष मानिएका छौ।

हे वीर्यबान तिमी दाता मानिन्छौ,
खुसी खुसी शिरमै ठाउँ दिएको छ समाजले ,
यो सँगै चुनौती पनि छ ,
तिम्रो बिरता टिक्नु पर्छ कम्तीमा एक युग,
खस्नु हुँदैन तिम्रा बिर्यहरुले अनाम सडक ,
गल्ली र शहरहरुमा ,गलत समयमा ।
धान्न सक्नुपर्छ तिमीले ,
असंख्य बिर्य तिमी भित्र
नत्र हाँस्छ दुनियाँ ,
तिम्रो पुरुषत्वको लहरे खोकीमा !

थाहा छ , वीर्यपातका लागि तिमी ,
मातिनु पर्छ ,तातिनु पर्छ, जोसिनु पर्छ ,
ब्रह्माण्डकै बलियो तिमी बन्नु पर्छ,
यसमा कुनै गुन्जाएस छैन मेरो ,
एउटै जिकिर छ !
समागमको उत्कर्षमा गहिरो स्वासमा ,
अत्यन्त आबेगमा जप्नु
ॐ नम: शिवाय ,
ॐ शान्ति , शान्ति !!

मलाई जन्मिनु छ बुद्ध बनेर , शिव बनेर,
शान्ती र सिर्जनाको सहअस्तिव बोकेर,
यति गर्न सक्दैनौ भने ,
अपिल गर्छु म वीर्य !
चिबुकमै मोक्ष चाहन्छु
देख्नु छैन मलाई तिम्रो अनुहार !
टेक्नु छैन यो कालो माटोको देशमा


क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस