Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसाहित्यगजल : हृदयले कसैको नगर याद भन्छ

गजल : हृदयले कसैको नगर याद भन्छ


हृदयले कसैको नगर याद भन्छ।
गरूँ के म यसमै अडेको जीवन छ।

जलन सम्झनाको कठिन हुन्छ खेप्न,
चिता प्रेमको छ हजुरको लगन छ

उधारेर मन यो सिलाऊँ म के ले?
यहाँ मन उधार्ने सबैको चलन छ।

नदेऊ न सल्लाह सम्झेर बाँच्ने,
बरू मृत्यु निर्धक्क मनले सहन्छ।

म कैदी चरा हूँ छुट्यौँ माफ गर्नुस्,
जिए छैन के भो? मरणमा मिलन छ

  • गजलकार ~ दीप मिलन 

 


क्याटेगोरी : साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार