Techie IT
×

रमणीय दाङ


राजधानि भालुबाङ, मुख्य मन्त्रि दाङ
लाग्छ कि त न्यानाे घाम , लुम्बिनिकाे अाङ।

प्यूठानकाे स्वर्गद्वारी ,दह बराह थान,
धारपाणीकाे अग्लाे त्रिशूल, हाम्रै दाङकाे सान।

उपत्यका ठूलाे हाे याे ,एसियाकाे माझ,
चारैतिर हरियालि ,स्वर्ग यै हाे दाँज।

जाति धर्म संस्कृतिकाे, साझा फूलबारी,
राप्ती बग्ने पारि पारि ,बबै वारि वारि।

सर्पाकार खाेला नाला, उत्तरबाट झर्ने,
अन्नकाे त्याे भण्डारनले, भाेकाे पेट भर्ने।

छिल्लिकाेटकमा कालीमाली,रिहारमा शिव
चाैघेरामा बास बस्ने, गाेरक्ष हुन् देब

चर्च गुम्वा देवस्थल, अाफ्नै रितिथिति
राजधानि भयाे हेर, भाग्यले नै जिति।

ताल तलैया ठाउँ ठाउँ, झर्छ झरणा पनि,
प्रकृतिकाे सुन्दरतामा, याे जिल्ला हाे धनी।

चुनरिकाे घेराे सरि ,पाहाडले घेरेकाे,
मायालुकाे मायाले झै, मुटुमा बेरेकाे।

काफल चुथ्रा लालि गुराँस ,ऐसेलुका झाङ
पुण्य भूमी हेर घुमि, अाउ हाम्राे दाङ ।


क्याटेगोरी : कला/साहित्य


तपाईको प्रतिक्रिया दिनुहोस