Techie IT
×
गृहपृष्ठकला/साहित्यको हुन् नारी ?

को हुन् नारी ?


औशीको रात, हरेक दुःख, सुखको साथ
कोमल हृदय सम्हाली पतिलाई दिन्छिन् हात
एक शब्द बोलीमा खिच्दै आफ्नो मात
चिसो सपनिमा बिताउँछिन अनेकौं रात
तिनै हुन नारी दुःखद घडीमा लुकाउछिन् धेरै वात। 

छाउ, झुमा, सतिप्रथा करणी अनि बलात्कार
सबैको चपेटामा लुकेका छन् यिनका चीत्कार
खेलौना बनाईन्छ, दबाइन्छ यिनलाई कठै छ धिक्कार
निर्मला कान्ड, बालकान्ड यसै मौन छ सरकार
तिनै हुन नारी जिउँदै जले त्यागी छन् अपार।

जीन्दगीका खुट्किलासङ्ग खेल्दै जुहारी
कहिले छोरी, सासू, आमा अनि बुहारी
घरको चुल्हो चौको कहिले घरकी पुजारी
मुस्कुराउँछिन मुसुक्क सबै पिडा गुजारी
सबैलाई मिठास दिने तिनै देवी हुन् नारी।

सधैं सुख होईन दुखाइमा जिउन सक्ने
खुसिले मन रिजाई फाटेको मन सिउन सक्ने
हत्केलामा चन्दन अनि तरवार लिन सक्ने।
आफ्ना सारा इच्छा मारी खुसिहरू दिन सक्ने
तिनै हुन नारी धितो राखी ऋण सक्ने।

सृजनाका हत्केलाले उचालेर सगरहरू
पौरखले सजाई दिने एक्लो फाँट र बगरहरु
दियो बाली सुगन्धले ढाकिदिने नगरहरु
मेसिन बनी काम गर्छिन मुस्कुराई अधरहरु
तिनै हुन् नारी चुकाउछिन, झुकाउछिन नजरहरु।

जीवनसाथिको लागि त्याग्ने माता पिता नै
उनका गाथाका सामु फिक्का सिङ्गो गिता नै
लक्ष्मी, दुर्गा, सति, तारा द्रौपती हुन् उनी सीता नै
पहाडनै तगारो बनोस् साहस उनको मिठा नै
तिनै सारथि हुन् नारी त्यागले बन्ने सिठा झैं ।।

(कवियत्री श्री बाल सिद्ध मा वि स्याङ्जाकि शिक्षिका हुन् )


क्याटेगोरी : कला/साहित्य
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस