एनआरएनए कतारले रचनात्मक विशेष साहित्यिक कार्यक्रम गर्ने
दोहा – गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद (एनआरएनए-एनसीसी) कतारले यहि शुक्रबार कोरोनाबारे सूचना तथा सन्देश प्रवाह गर्न विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
जुम एप्लिकेशनको माध्यमबाट हुने आभाषी कार्यक्रममा नेपाल तथा कतारका साहित्यकारहरुको बेजोड प्रस्तूति रहने एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए।
विश्वभर फैकिएको कोभिड-१९ का कारण अस्तव्यस्त वातावरणमा आभाषी कार्यक्रम गरेर केही हदसम्म भएपनि साहित्यिक मनोरञ्जन तथा समाजलाई सकारात्मक सन्देश दिने आफुहरुको उद्देश्य रहेको मुसलमानले बताए।
कतारको स्थानीय समय अनुसार जुन २६ तारिक दिउँसो १ः३० बजेदेखि सुरु हुने कार्यक्रममा एनासीसी कतार, नेपाल पत्रकार महासंघ कतार शाखा(एफएनजे-कतार शाखा) लगायत कतारका अगुवाहरुको सहभागी रहने छ।
एनसीसी अध्यक्ष मुसलमानले दिएको जानकारी अनुसार कार्यक्रममा एनसीसी कतारले कोरोनाको महामारीका बेला कतारमा गरेको उद्धार तथा राहत वितरणको अवस्था लगायत आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा जानकारी समेत गराईने बताए।
अध्यक्ष मुसलमानले कोरोना संक्रमणको कारण पुरै विश्वलाई नै ठूलो असर पुर्याई रहेको बेला डिप्रेसनका कारण धेरैले आत्महत्या समेत गरेको समाचार बाहिरीन थालेको र नेपालीहरुमा पनि डिप्रेसनको समस्या देखा पर्न थालेको बताए ।
कार्यक्रममा कोरोनाको संक्रमणलाई जितेर आफ्नो काममा फर्किएकाहरुको समेत सहभागीता हुने र उनीहरुको अनुभव समेत आदान प्रदान हुने र त्यसबाट जनमानसमा सकारात्मक सन्देश प्रवाहित हुनेहुँदा कार्यक्रमलाई हेर्न सुन्न एनसीसी कतारले आग्रह गरेको छ।
साथै सूचना, सन्देश र साहित्य नाम दिइएको कार्यक्रममा साहित्यकारहरुका विभिन्न प्रस्तुतीले सकारात्मक उर्जाका साथ मनोरञ्जन समेत प्रदान गर्ने एनसीसी कतारले जनाएको छ ।
नेपालबाट चर्चित कवि मनोज भण्डारी, गजलकार प्रदीप रोदनको सहभागीता रहनेछ भने कतारबाट रेगिस्तानी कवि तिर्थ संगम राई, कवि रुप रसाइली, कवि सिताराम थापा, कवि दिप मिलन त्यस्तै गजलकार प्रेमप्रसाद भट्टराई, गजलकार विन्दा लामा, गजलकार शेखर बस्नेत तथा गजलकार टिका खड्काको सहभागीता रहनेछ ।
एनसीसी कताकार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँको विशेष संवोधन रहने एनसीसी कतारका साहित्य विभाग उप संयोजक खेम सुवेदीले जानकारी दिए।
क्याटेगोरी : कला/साहित्य
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस