आयो राजदूत सुवेदीको ‘कोरोना महामारी’ सम्बन्धी गीत (भिडिओ सहित)
लन्डन – बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतमा छायांकन गरिएको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
साहित्यिक नाम दुबसु क्षेत्रीका रुपमा परिचित सुवेदीका ‘म जस्तै तिमी पनि’, ‘तिम्रो तस्वीर आँखाभरि’, ‘निर्मम यादहरु’ जस्ता गीत गजल स्वरवद्ध भइसकेका छन् ।
ग्लोबल नेप्लीजसंग कुरा गर्दै उक्त गीत लेख्दा आफ्नो मनमा मुख्य तीन कुरा आएको सर्जक सुवेदीले बताए । “प्रथम, कोरोना महामारीका बखत मानव जातिले भोगेको इतिहासको यो दुर्दान्त घटनालाई सृजनात्मक रुपमा अभिलेखीकरण गर्ने सोच, दोस्रो हरेक व्यक्ति, मानिस तथा परिवारमा संशय छ, भय छ, निरासा छ, मरिन्छ भन्ने त्रास छ ।
यो त्रासलाई हटाउनका लागि र यो लडाई मानव, मानव बीच हैन मानव र अदृश्य शक्तिबीच भएको हो । यो लडाईमा सबै मानिस एक ठाउँमा भएको कारण मानवताको जित हुनेछ भन्ने भावनालाई अभिव्यक्त गर्नु नै मुख्य उद्देश्य हो,” उनले भने।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै संगीतको माध्यमबाट जनचेतनामूलक सन्देशको रुपमा म्यूजिक भिडियो तयार गरिएको छ ।उक्त गीतमा वरिष्ठ गायकहरु रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, रोशन अधिकारी र प्रविशा अधिकारीको स्वर छ ।
वरिष्ठ संगीतकार शिखर सन्तोषको संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको म्यूजिक भिडियोमा दीपाश्री निरौला र सरिता लामिछानेको अभिनय छ ।राजदूत सुवेदीकी धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदीले उक्त भिडिओ सार्वजनिक गरेकी हुन्।
क्याटेगोरी : कला/साहित्य
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस