Techie IT
×
गृहपृष्ठकला/साहित्यकविता : राष्ट्रप्रेमको भावना

कविता : राष्ट्रप्रेमको भावना


 

लिपुलेक , कालापानी हुँदै गाड्नुछ नेपाली झण्डा लिम्पियाधुरामा ,

वीर गोर्खालीका सन्तान हामी , पछि हट्दैनौ सिमानाका कुरामा ।

 

भूगोल सानो भएपनि देश बचाउने साहस कम छैन ,

आइलाग्न्या माथि जाइलाग्न्याहाम्रो परम्परा, भिड्ने कसैको दम छैन।

 

जसरी तिम्लाई कास्मिर प्यारो छ  त्यसरी हाम्लाई हाम्रो  कालापानी,

किन जबरदस्ती अतिक्रमण गर्छौं , नेपाली भूमि जानी जानी ।

 

कहिले नझुक्ने हामी नेपाली , देश बचाउन प्राण काफी छ,

फर्किएर हेर त्यो सुनौलो इतिहास , हामीसँग थुप्रै प्रमाण साक्षी छ ।

 

वीर पूर्खाको रगतले आर्ज्याको भूमि हो हाम्रो , कुदृष्टि नलगाऊ ,

 देश रहे मात्र न हामी रहन्छौ , राष्ट्रप्रेमको भाव जगाऊ ।

 

बुद्ध भूमि , स्वर्गको टुक्रा जस्तै , सगरमाथाको उच्च शिर छ,

नेपाल आमा तिम्रो रक्षा र सम्मानका निम्ति यो ज्यान हाजिर छ ।

 

धेरै भयो बिस्तारबादी चलखेल , अब गाउँ- ठाउँ उठ्नुपर्छ,

मतभेद भए मेटिन्छौं हामी , अब राष्ट्रिय एकताका साथ जुट्नुपर्छ !!

                                                                – कबीर श्री


क्याटेगोरी : कला/साहित्य
ट्याग : #Nepali Poem

तपाईको प्रतिक्रिया दिनुहोस