Techie IT
×
गृहपृष्ठकला/साहित्यउपहारमा हरेक दिन चोट पठाउँछ, आँसु पठाउँछ

उपहारमा हरेक दिन चोट पठाउँछ, आँसु पठाउँछ


  • गजल

एउटा बाँचेको देखेर, बगलमा अर्को डराउँछ,
झार उखेलेपछी कर्सो रमाउँछ, आँगन रमाउँछ ।

चाहिँदाको भाँडो बनाएकी न हौ, गल्ती छैन तिम्रो,
रातले पनि मिर्मिरे सँगै जूनलाई डाँडो कटाउँछ ।

जरुर आफ्नोपन देखाउँछ, उ मेरो मनको मान्छे हो,
उपहारमा हरेक दिन चोट पठाउँछ, आँसु पठाउँछ ।

खुट्टा भाँचिएको बेला आँगन डेग सरेन मेरा लागि,
काल नजिक हुँदा जिन्दगीले पनि त भाउ बढाउँछ ।

मालिक! कालो सबै नराम्रो भन्नु हुन्छ, छ घृणा मात्रै,
उनैलाई हेर्नुस् त ! गाजलले कसरी आँखा सजाउँछ ।


क्याटेगोरी : कला/साहित्य
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस