टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई
दोहा – टिकटक स्टार अवार्ड-२०२२ को पहिलो उपाधि कतारलाई कर्मथलो बनाउदै आएका द्वय मुमताज राइन र उमा शर्मा ‘सोफिया’ ले हात पार्न सफल भाएका छन ।
केही विकृतिका रूपमा समेत चिनीएको टिकटकका माध्यमबाट सामाजिक उत्तरदायित्व वहन संगै मर्यादित बनाऊँन सकिन्छ की भन्ने हेतुले टिकटकको इतिहासमै पहिलो पटक दोहा स्थित एसियाना दोहोरी, गजल रेष्टुरेण्ट एण्ड बारको आयोजनामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको हो।
भ्वाइस अफ नेपाल, बुकी-बुकी जस्ता नेपालकै पहिला ‘रियलिटी शो’ को ग्राण्ड फिनाले कतारमा आयोजना गर्न सफल दोहोरीका संचालक तथा ग़ैरआवासीय नेपाली संघका सचिव प्रवीण गुरुङकै नेतृत्व एवं एनआरएनए मध्यपूर्व यूवा विभागको आयोजनामा एनआरएनएको ईतिहासमा पहिलो पटक ग्लोबल एनआरएन सिंगिंग आईडल सेकेण्ड जेनेरेशनको पहिलो सीजन गायन विधाको रियालिटी शो समेत सम्पन्न भएको थियो ।
नेपाली कला, साहित्य र संस्कृतिलाई विश्वमा चिनाऊने उदेश्यका साथ स्थापित एसियाना दोहोरीद्वारा आयोजित पहिलो टिकटक अवार्ड २०२२ विजेता द्वयले संयुक्त रूपमा एक लाख तीस हज़ार र प्रमाण पत्र पाएका थिए।
पूर्व निर्धारित कार्यक्रम अन्तर्गत पहिलो विजेताको राषी एक लाख मात्र भए पनि अभिनयलाई मुख्य आधार मान्दै पहिलो स्थान दुईजना प्रतियोगिले प्राप्त गरेको हुँदा पुरस्कारको राषी थप तीस हज़ार गरीएको र उक्त पुरस्कार राषिको भागीदार विजेता द्वय बराबरी हुने कार्यक्रमका होष्ट बिजय राज अधिकारीले जानकरी दीएका थिए।
औपचारीक घोषणा लगतै दीप संचार मीडिया संगको संक्षिप्त कुराकानीका क्रममा निर्णायक तथा भेटघाट रेष्टुरेंटका संचालक एवं चितवन यूवा समूहका अध्यक्ष श्याम पाण्डेले भने “विजेता द्वय मुमताज़ र सोफ़ियाको अभिनय एक अर्काको परिपूरक भएको हुँदा हामिले यस्तो निर्णय गरेका हौं, जून न्यायोचित रहेको महसूस हामिले गरेका छौं”
त्यस्तै सो अवार्ड कार्यक्रमको पहिलो रनर-अपको उपाधि सहित नेपाली रुपैया पचास हज़ार र प्रमाणपत्र आसिफ खान ‘राजा’ ले हात पार्न सफल भएक़ा थिए भने दोस्रो रनर-अपको अवार्ड संगै नेपाली रुपैया पच्चीस हज़ार र प्रमाणपत्र लक्ष्मी दर्नाल ‘पर्ल’ ले हात पार्न सफल भएकी थिईन।
आयोजक गुरुङ संगै भबिन तामाङ, दिलिप कुमार र श्याम पान्डे निर्णायक रहेको उक्त कार्यक्रमबाट अवार्ड विजेता द्वय मुमताज़ र सोफ़ियाले आफूहरूले प्राप्त पुरस्कार राषी आख़ाको उपचारत असाय एवं गरीब दुई परिवारलाई संयुक्तरूपमा दान दिने घोषणा समेत गरेका थिए।
पुरस्कार राषि बुझे लगतै विजेता मुमताज़ले संचारकर्मी संगको क़ुराकानीका क्रममा एक हप्ता भित्र उक्त पैसा आफ़नो गाऊमा रहेका आँखाका विरामिलाई स्थानीय संचारकर्मी, अधिकारकर्मी, सरोकारवाला एवं जनप्रतिनिधिहरूको रोहबरमा हस्तांतरण गर्ने जानकारी दिए।
२० जना कतारका सक्रिय टिकटकरहरुलाई नोमिनेट गरिएको कार्यक्रम तीन राउण्डमा विभाजित गरीएको थियो । जस अन्तर्गत प्रतियोगीहरूले पहिलो राउण्डमा १५ सेकेण्डको गितमा नृत्य गरेका थिए भने दोस्रो राउण्ड १५ सेकेण्ड भन्दा बढीको कुनै पनि बिसयमा रहेर अभिनय गरेका थिए ।
त्यस्तै तेस्रो राउण्डमा प्रतियोगीहरूले टिकटक मार्फत आफुले गरेका सामाजिक कामका बिसयमा रहेर एक मिनेटसम्म प्रष्ट्याएका थिए । कार्यक्रमका लागि दीप सन्चार मिडियाका प्रधान सम्पादक दिपजंग शाहले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए भने कार्यक्रमको व्यवस्थापन गणेश थापाले गरेका थिए । त्यस्तै संचारकर्मी विजय राज अधिकारी र बेबी खतिवडाले कार्यक्रमको सहजीकरण गरेका थिए ।
आयोजक तथा ग़ैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव गुरुङले कार्यक्रम समापन गर्दै आफू नेपाली कला संस्कृति र नेपाली पहिचानका लागी संधै यस्ता कार्यक्रमहरू आयोजना गरिरहने प्रतिबद्दता व्यक्त गरे । गुरुङले आगामी जून पहिलो सातामा अर्कों एक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने जानकारी दिदैं औपचारीक घोषणा छिट्टै गर्ने बताए।
क्याटेगोरी : कला/साहित्य, ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस